संघमा पाँच हजार प्रहरी भए पुग्छ : विमलेन्द्र निधि

  नेपाली सन्देश डट कम | १४ माघ २०८१, सोमबार १४:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी भए पुग्ने बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए।

प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ। निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने धारणा राखेका हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?