काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो। दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक हित, क्षेत्रीय सहयोग, राजनीतिक तथा आर्थिक सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको परम्परागत मित्रता, ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। यस्तै, चौथाइवालेले पनि नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन भारतीय जनता पार्टीको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
भ्रमणका क्रममा चौथाइवालेले विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रतिक्रिया