एनआरएनको लगानीको ‘ओम मेघाश्री फर्मास्युटिकल्स’ लाई आइपीओ निष्कासनको अनुमति

  नेपाली सन्देश डट कम | ९ माघ २०८१, बुधबार १०:२६

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिन सुरु गरेको छ। बिहीबार मात्रै दुई कम्पनीको प्राथमिक निष्कासन स्वीकृति बोर्डले दिएको छ।

बिहीबार निष्कासन अनुमति पाउनेमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स छन्। उनीहरूले क्रमशः २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर निष्कासन अनुमति पाएका हुन्। दुवै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्।

दुई कम्पनीले निष्कासन अनुमति पाएसँगै चालु वर्ष अनुमति पाउने कम्पनी चार पुगेका छन्। यस अघि गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स छन्। धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आए यता भने तीन कम्पनीले निष्कासन अनुमति पाए। त्यसअघि सम्पूर्ण निष्कासन अनुमति प्रक्रिया नै अवरुद्ध थियो। बिहीबार दुई कम्पनीले अनुमति पाएसँगै लामो समय अवरुद्ध निष्कासन प्रक्रियाले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

बिहीबार निष्कासन अनुमति पाउने एक माइक्रो लाईफ इन्स्योरेन्स छ भने अर्को औषधि उत्पादन गर्ने कम्पनी छ। औषधि उत्पादन गर्ने कम्पनीले गत वैशाखमा मात्रै उसले निष्कासन अनुमतिको लागि निवेदन दिएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?