सुनको भाउ तोलामा १९ सयले बढ्यो

  नेपाली सन्देश डट कम | ९ माघ २०८१, बुधबार ०७:४७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ । 

यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?