लन्डन। बुद्ध फाउन्डेशन यूकेको अध्यक्षमा पुनः दीपक श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
फाउन्डेशनको आइतबार लन्डनको प्लमस्टेडमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि श्रेष्ठलाई पुनः नेतृत्व दिने निर्णय गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा सुशील प्रजापति र अर्जुन कटुवाल, महासचिवमा डा. सुरजमणि पौडेल, सचिवमा अञ्जना थापा, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा गोविन्द सापकोटा चयन भएका छन्। उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सचिन श्रेष्ठ, ह्यारी गुरुङ, ध्रुवहरि बाँस्कोटा, सोम सापकोटा, पदम रावल र शरद श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। मनोनित सदस्यको रूपमा सुरेन रुपाखेती, राम थापा, जयगोपाल श्रेष्ठ, सम्झना महत र विनिता खड्का छनोट भएका छन्।
यसअघि निर्वाचन समितिका प्रमुख शिवजी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए। समितिका सदस्यसचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको सत्रमा समितिका सदस्यहरू विनोद ज्ञवाली र श्रीचन्द्र गुरुङले प्रमाणपत्रसहित शुभकामना व्यक्त गरे।
अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले फाउन्डेशनले नेपाल र नेपालीपनलाई अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गरिरहेकोमा खुशी व्यक्त गरे।
सो अवसरमा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, निर्वाचन समितिका संयोजक शिवजी श्रेष्ठ र सदस्यसचिव फडिन्द्र भट्टराई, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापति, सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन्द्र कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा फाउन्डेशनको बुद्धजयन्ती कार्यक्रममा प्रस्तुति गर्ने कलाकार विनोद चिपालु, अमृता पान्डे, सुभाशिष श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो।
अधिवेशनको सञ्चालन उपाध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन भने अर्का उपाध्यक्ष अर्जुन कटुवालले स्वागत मन्तव्य दिएका थिए।
अधिवेशनको सफलताको लागि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए।
प्रतिक्रिया