इरान र इजराइलमा रहेका नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

  नेपाली सन्देश डट कम | २ असार २०८२, सोमबार ०२:३७

काठमाडौँ । इजराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ हाल इजराइलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेका छन् र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।’

परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्। मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि राजदूतहरूलाई निर्देशन दिएकी छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?