मधेस प्रदेश सभाः बजेट संशोधन सम्बन्धी संकल्प प्रस्ताव बहुमतले पारित

  नेपाली सन्देश डट कम | ६ माघ २०८१, आईतवार १५:१०

जनकपुरधाम । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको बुँदा नम्बर १४७ संशोधन गर्न प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद रुपा कुमारी यादवले आइतबार बसेको प्रदेशसभा बैठकमा पेश गरेके संकल्प प्रस्तावको पक्षमा ४३ जना र विपक्षमा १६ जनाले मतदान गरेपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव बहुमतले पारित भएको सदनलाई जानकारी गराएका हुन्। 

हाल मधेस प्रदेशसभामा १०६ जना सांसद कायम रहेकोमा बैठकमा ५९ जना उपस्थित भएका थिए।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?