सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

  नेपाली सन्देश डट कम | ४ माघ २०८१, शुक्रबार ०७:०३

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । 
यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?