विद्यार्थी परिषद्द्वारा धादिङ जिल्लाका १०० परिवारलाई राहात वितरण

  नेपाली सन्देश डट कम | १२ भाद्र २०७८, शनिबार ०९:३०

धादिङ
कृष्णप्रसाद हुमागाइ
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

शनिबार परिषद्ले एक विशेष कार्यक्रम अायाेजना गरी राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ,राज तामाङ ,नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत,आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई राहात सामाग्री हस्तान्तरण गरेकाे छ ।

परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल सहितकाे परिषद् टाेलि र जि.प्र.का प्रशासकीय अधिकृत राममणी मिश्रज्यूले धादिङ जिल्लामा बाढीबाट प्रभावित भएका गाउँ र परिवारहरू छनाैट गरी राहात सामाग्री वितरण गरेकाे हाे।
शनिबार धादिङवेसीमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव द्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र , खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।

परिषद्ले १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस सहितको राहात सामाग्री वितरण गरिएको छ ।
उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ,रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?