एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ कति ?

  नेपाली सन्देश डट कम | ४ माघ २०८१, शुक्रबार ०६:५५

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ । बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो । 
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

एनआइसी एसियाले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?