गजुरीका राजुु नेपाल भनेर चिनिने ढकराज नेपाल माओबादी परित्याग गरी एमालेमा प्रबेश

  नेपाली सन्देश डट कम | ११ भाद्र २०७८, शुक्रबार १४:५२

गजुरी/धादिङ
नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.१ को वडा स्तरीय भेला बाक्लो उपस्थितिमा शुक्रबार सम्पन्न भएको छ।उक्त भेलामा गजुरीका राजुु नेपाल भनेर चिनिने ढकराज नेपाल माओबादी परित्याग गरी एमालेमा प्रबेश भएका छन् ।उहाँ भन्छन् आफू माओबादी भएकोमा पछुतो लागेको छ।जनयुद्द लडियो आन्दोलनमा ज्यान फालेर हिडियो तर त्यस्को कुनै मुल्यांकन भएन त्यसैले माओबादी त्यागे अब नेकपा एमालेमा सङ्गठित भएर सक्रिय रूपमा लाग्छु।नेपाल सङ्गै गजुरीकै अर्का अमर तामाङ पनि एमालेमा प्रवेश भएका छन् ।नेपाल र तामाङलाई टीका र खादा लगाएर पाटि ईन्चार्ज राजेन्द्र बिक्रम बस्नेत ,पाटि अध्यक्ष माधब भण्डारी,वडा अध्यक्ष राजकुमार पण्डितले पाटि प्रवेश गराई एमालेमा स्वागत गरेको छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?