लण्डन। लण्डनको इलिगंमा चर्चित ‘मन्टिज’ रेष्टुरेन्टका संचालक दीपेन्द्र कार्की केही वर्ष गुमनाम थिए। पारिवारिक तथा व्यवसायिक कारणले व्यवसायबाट अलिकति टाढा रहेका कार्की पुनः ‘मन्टिज’ बाटै उदाउन थालेका छन्।
हुन त, कार्कीले रेष्टुरेन्ट व्यवसायमा संकटका कारण विगतमा ३ मिलियन पाउण्ड (करिब ४३ करोड रुपियाँ) डुबाएका थिए।
आजकल, दीपेन्द्र कार्कीले नर्थफिल्डमा खोलेको नयाँ व्यवसायका लागि पनि चर्चामा छन्। ‘मन्टिज’बाट उनले आफ्नो नयाँ व्यवसायलाई विस्तार गर्न थालिसकेका छन्।
उनी आफ्नो नयाँ प्रयासमा पनि उत्तिकै उत्साही र समर्पित देखिन्छन्। विशेष गरी, उनी जति समयमा आफ्नो पुरानो व्यवसायलाई सञ्चालन गर्दै थिए, त्यति समयमा उनले नयाँ व्यावसायिक विचार र प्रविधिहरू अपनाउन थालेका छन्।
“पहिला जे जस्तो भयो त्यो मैले अनुभव लिए। अब यो व्यवसायले मलाई रिकभर गर्छ,” कार्कीले खुशी व्यक्त गर्दै भने।
सन् २००८ देखि शुरु भएको आर्थिक मन्दी (रिसेसन), बिग्रिंदो पारिवारिक सम्बन्ध र तीव्र महत्वकांक्षाले सन् २०१० तिर व्यवसायमा चुर्लुम्म डुबेको दीपेन्द्रका अनुभवको कथा यो हो। “तीनवटा रेष्टुरेन्ट बन्द भएपछि म जीवनमै पहिलो पटक अरुको काम (होलिडे इन होटल) गर्न वाध्य भएं। त्यो बेला धेरै ठक्कर खाएँ तर हरेस खाइन,” उनी विगत सम्झन्छन्।
कार्कीका पूर्व सहकर्मी तथा समाजसेवी चिरन्जीवी ढकालले दीपेन्द्र कार्कीलाई केवल एक व्यवसायी मात्र नभएर, एक सकारात्मक दृष्टिकोण भएका व्यक्तिका रूपमा चिन्छन्।
अहिले दिन उनको पक्षमा फेरिएको छ। आधा दर्जन रेष्टुरेन्ट सञ्चालनको जिम्मेवारी अहिले उनको काँधमा छ। यतिखेर उनले ‘मन्टिज’ साउथ इङ्गल्मा खोलेका छन् र व्यवसाय राम्रो चलेको छ।
सन् १९७६ मा सेफ बुबा विष्णु कार्कीका साथ लण्डन आएका थिए उनी, उमेर केवल दुई वर्ष। काठमाडौंको सोल्टी ओबराय होटलमा काम गर्दा गर्दै सन् १९७३ मा लण्डन आएका बाबुले नटराज, महाराजा लगायत रेष्टुरेन्टमा काम गरेपछि ‘मन्टिज’ शुरु गरेका थिए पार्टनरशिपमा।
ढकालले दीपेन्द्र कार्कीलाई एक दृढ इच्छाशक्ति भएका र परिश्रमी व्यक्ति मान्छन्। उनका अनुसार, दीपेन्द्रको व्यवसायिक यात्रा केवल एक संघर्षको कथा मात्र नभएर समाजको लागि प्रेरणादायी छ।
हरिसिंह थापा र महन्त श्रेष्ठसंगको साझेदारीमा सन् १९८० जुनमा खुलेको थियो ‘मन्टिज’। विकेन्डमा बाबुलाई सघाउन जाँदा जाँदै दीपेन्द्र यही व्यवसायमा रमाउन थाले। तर, ‘मन्टिज’को पार्टनरशिप यात्रा ४ वर्ष नपुग्दै टुट्यो। सन् १९९२ देखि बुवा विष्णु कार्की एक्लैले ‘मन्टिज’ रेष्टुरेन्ट चलाए।
सन् १९९९ मा २५ वर्षको थिए दीपेन्द्र। उनले इलिङ सपिङ मलमा ‘मन्टिज’ चलाउने आँट गरे। “कोहीपनि नेपालीले सपिङ मलमा रेष्टुरेन्ट खोल्ने आँट गरेका थिएनन्, तर मैले ‘हाइ रिस्क, हाइ गेन’ भनेर आँटें,” उनले सुनाए। “राम्रो चल्दै गयो। आमाको नाममा उषा वेष्ट इलिङ, ‘मन्टिज’ एक्टन, हिमालयन स्पाइस पनि लिएको थिएँ। तर, २००८ को ‘रिसेसन’ र रेन्ट डबल भएपछि मलाई धान्न गाह्रो भयो।”
दीपेन्द्र कार्कीको भविष्यका योजनाहरू अझै रोचक र चुनौतीपूर्ण छन्। उनी आफ्नो नयाँ व्यवसायको दायरालाई अझै विस्तारित गर्न चाहन्छन्। आफ्नी श्रीमतीसँग मिलेर संचालनमा आएको नयाँ ‘मन्टिज’लाई उनले नेपाली संस्कृति र स्वादको प्रचार गर्ने लक्ष्य राखेका छन्।
प्रतिक्रिया