प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। एमाले संसदीय दलको नेतासमेत रहेका राईले शुक्रबार राजीनामा दिएका हुन्। उनले भीम आचार्यलाई दलको नेता बनाएको जानकारी संसद सचिवालयलाई गराइसकेका छन्।
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाएको र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी थालेको स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया