प्रयास नेपाल धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न

  नेपाली सन्देश डट कम | २८ श्रावण २०७८, बिहीबार १४:१४

प्रयत्नशिल सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २० औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
साधारणसभा संस्थाका अध्यक्ष रेष्टन कडेलकोे अध्यक्षतामा सम्पन्न भएको हो । गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष एकराज छत्कुली,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा ,नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ ,धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायतले संंस्थाको २० औं साधारण सभामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
धादिङबेसीमा भएको सामाजिक परिक्षण तथा साधारण सभामा संस्थाको ०७७÷०७८ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा पुर्णिमा कार्यक्रम,बाल केन्दित सामुदायिक विकास कार्यक्रम, प्राम्भिक बाल विकास कार्यक्रम ,सिद्धलेक सानाकिसान सबलिकरण कार्यक्रम, सक्रिय परियोजना, बे्रटर ब्रिक नेपाल कार्यक्रम, किशोरी छात्राबास निर्माण कार्यक्रम गरि जिल्लाको नगर तथा गाउँपालिकाहरुमा कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक,कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगामी आ.ब.०७८÷०७९ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ । साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो।
साधारणसभाका बर्ष भरमिा उत्कृष्ट कार्य गर्ने सुमित्रा चेपाङ,रोशन नेपाल, राजन रिजाल,बिपना प्याकुरेल,एकराज पण्डित र अञ्जु श्रेष्ठलाई सामाजिक कार्यकर्ता सम्मान २०७७ र प्रदिपराज रेग्मीलाई उतकृष्ट सदस्य २०७७ बाट सम्मानित गरिएको ईश्वरी कोईरालाले जानकारी दिनु भयो

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?