सिद्धलेक,पिपलटार/धादिङ
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७को पिपलटारमा बाख्रा उपहार कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मंगलबार सिद्वलेक गाउँपालिका वडा नं ७ पिपरटारमा गठित कुन्नेश्वरि स्वाबलम्वि महिला समुहद्वारा पिपलटारमा नै गठित डाँफे स्वाबलम्वि महिला समूह र छपेलि स्वाबलम्वि महिला समुहमा १७ वटा बीउ पाठि उपहार प्रदान गरेको हो । हेफर ईन्टरनेशनल नेपाल, सिद्वलेक गाउँपालिका र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित सिद्वलेक साना किसान सवलिकरण कार्यक्रम अन्तर्गत गठित मुल समुहले अायोजना गरेको उपहार प्रदान कार्यक्रममा सिद्वलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल ,उपाध्यक्ष कमला शर्मा ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल लगायतको बिशेश अातिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन अतिथिहरुले सिद्धलेक गाउँपालिकामा महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम उपस्थित अध्यक्ष ,उपाध्यक्ष लगायत अतिथिहरुले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै प्रयास नेपालका अध्यक्ष रेष्टन कडेलले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको साथै स्थानीय सीप, प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो ।
सिद्धलेक गाउँपालिकामा हाल मुल तथा उपहार गरि ७२ समूह र उपहार महिला कृषि सहकारी मार्फत सामाजिक पुँजी र व्यवसाियक बाख्रापालन कार्यक्रम संचालनमा सहयोग गर्दै आएको कार्यक्रम संयाेजक ईश्वरी काेईरालाले जानकारी दिनुभयो।
प्रतिक्रिया