तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार ०५:४०

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते बस्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बुधबार पुस २४ गते सभा बोलाएको कम्पनीले जनाएको छ ।
साधारण सभामा करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । 

सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।  

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?