पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

  नेपाली सन्देश डट कम | २० पुष २०८१, शनिबार ०७:३२

मुम्बइ ।  पुष्पा २ द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ। 

गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई सबैले मन पराएका छन् । योसँगै ओटीटीमा रिलिज हुने प्रतिक्षामा रहेका दर्शकहरुका लागि ठूलो खबर आएको छ । ओटिटीमा कहिले र कुन दिन पुष्पा २ः द रूल रिलिज हुने भन्ने  सार्वजनिक भएको छ, जसले ओटीटी दर्शकको उत्साह बढाउन सक्छ । 

 पुष्पा २ः द रूलले विश्वव्यापी बक्स अफिसमा १८ सय करोड भारतीय रुपैयाँ कमाएको छ, जसबाट अझ थप कमाइ हुने अपेक्षा गरिएको छ । भर्खरै पुष्पा २ः द रूलका निर्माताले फिल्म कम्तिमा ५६ दिन ओटीटीमा रिलिज नहुने पुष्टि गरेका थिए। 

यस्तो अवस्थामा जनवरी २५ मा पुष्पा २ः द रूलको पनि ५६ दिन पूरा हुनेछ । यसपछि अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ३० जनवरी २०२५ मा सबै प्रमुख भारतीय भाषाहरूमा नेटफ्लिक्समा रिलिज हुने स्रोतहरूले बताएका छन्  ।

यद्यपी निर्माताका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । माइथ्री मुभि मेकर्सको उच्च बजेटको यो फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल, राव रमेश, जगपति बाबु, सुनील र अनसूया भारद्वाजजस्ता कलाकार मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?