गजुरीमा रुद्रेश्वर आमा समुहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न २० जना महिला र ५५ जना पुरुष गरि ७५ जनाले गरे रक्तदान

  नेपाली सन्देश डट कम | २८ असार २०७८, सोमबार १४:३४

गजुरी/धादिङ
रुद्रेश्वर आमा समूह गजुरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार धादिङको गजुरी गाउँपालिका वडा नं.१गजुरीमा आमा समुहले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको माहामारी र विगत १/२ महिना यता लगातार बर्षाको कारण आएको प्रकृतिक विपत्तिले निम्त्याएको दुर्घटनाका कारण नेपालमा रगतको चरम अभाव लाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङलो प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको आमा समुह अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभएको छ।रक्तदान कार्यक्रममा २० जना महिला र ५५ जना पुरुष गरि ७५ जनाले रक्तदान गरेको रक्तदान गर्नुभएको थियोे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?