गजुरी गाउँपालिका द्वारा महिला स्वाथ्य स्वयमं सेविकाहरुलाई सम्मान

  नेपाली सन्देश डट कम | २६ असार २०७८, शनिबार १३:२५

गजुरी/धादिङ
गजुरी गाउँपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई गाउँपालिकाले सम्मान गरेको छ । ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमं सेवीकाहरु धनमायाँ पाण्डे, गोमा खनाल र श्रीकन्या चेपाङ लाई नगद रु ५० हजार र प्रमाण पत्र सहित सम्मान गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले जानकारी दिनुभयो । गजुरी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत स्वयमं सेविकाहरुलाई वार्षिक यातायात खर्च बापत जनहि बाह्र हजारका दरले वितरण गरेको हो । उमेर हदका कारण सम्मान जनक विदाइ हुने स्वयम् सेविकाहरूलाई गाउँपालिका कार्यालयमा शनिवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम वस्नेतले सम्मान पत्र सहित सम्मान तथा विदाइ गर्नुभएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?