उपत्यकाको निषेधाज्ञा बन्यो खुकुलो पसल व्यवसाय विहान देखि बेलुका ६ बजे खोल्न पाइने

  नेपाली सन्देश डट कम | २० असार २०७८, आईतवार १५:५४

 

तपाईको न्यूज संवाददाता
२०७८ असार २० आईतवार

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ ।

असार २२ गतेदेखि असार मसान्तसम्म निषेधाज्ञा थप गर्दै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको हो ।

निजी र सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली पनि हटाइएको छ ।

यस्तै पसल व्यवसाय विहान देखि बेलुका ६ बजे खोल्न पाइने भएको छ ।

यसअघि विहान ११ बजेदेखि ६ बजेसम्म पसल खुल्न पाउने समय तोकिएको थियो ।

प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ ।

खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ ।

स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर सँगै गत बैशाख १६देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?