राष्ट्रिय स्वतन्त्र पार्टी गजुरी गाउँपालिका सभापतिमा मिलन डल्लाकाेटी चयन

  नेपाली सन्देश डट कम | २३ असार २०८०, शनिबार १५:०९

गजुरी/ राष्ट्रिय स्वतन्त्र पार्टीले गजुरी गाउँपालिका कमिटि सभापतिमा मिलन डल्लाकाेटिलाई चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आज शनिबार भएको गाउँपालिका स्तरीय भेलाले डल्लाकाेटिलाई सभापतिमा चयन गरेको हाे।स्वतन्त्र पार्टीका उपसभापति एवं संघीय सांसद डोल प्रसाद अर्याल,संसद डा.ताेसिमा कार्कि,रमेश प्रसाई,बसुमाया तामाङ,जिल्ला सभापति सुर्यमणि पाठक लगायतका नेताको उपस्थितिमा भएको गाउँपालिका स्तरीय भेलाले ११ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको स्वतन्त्र पार्टी गजुरीले बताएको छ।

सभापति मिलन डल्लाकोटी,उप-सभापति राम बहादुर तामाङ,सचिब रामहरी न्यौपाने,कोषाध्यक्ष रश्मी बाबा नरसिंह जी गजुरे,सदस्य दीपक उप्रेती,तारा लामा,राजेश कुमार गजुरेल,लिला बहादुर लामा,बिनोद अधिकारी,अन्जली अधिकारी,सगुन कार्की भण्डारी सहितको ११ सदस्यीय कमिटी गठन गरेको हाे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?