जनकपुरधाम । भारतको अयोध्याबाट छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुगेको छ । भारतको अयोध्याबाट आएको एक्सप्रेस रेलको स्वागतको लागि यतिबेला जनकपुरधाममा स्थानीयको बाक्लो उपस्थिती रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलको उद्घाटन गरिएको थियो । दुई देशका प्रधानमन्त्रीले अयोध्या–जनकपुर रेलसेवाको उद्घाटन गरेका थिए ।
यससँगै ‘सरयू–कमला एक्सप्रेस’ रेल अयोध्याबाट हिजो नै जनकपुरधाम प्रस्थान गरेको थियो । जुन मंगलबार बिहान जनकपुर आइपुगेको हो ।
प्रतिक्रिया