ताप्लेजुङ- ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रविन्दु ताप्लेजुङको लेलेपबाट करिब नौ किलोमिटर टाढा रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
बिहानको समयमा गएको भूकम्पले स्थानीयबासी घरबाहिर निस्कन बाध्य बनाएको थियो । ताप्लेजुङको हिमाली क्षेत्र आसपास केन्द्रविन्दु रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको पछि जिल्लाबासीमा भूकम्पबारे चासो बढेको छ ।
भूकम्पबाट भएको सम्भावित क्षति तथा मानविय प्रभावबारे तत्काल कुनै विवरण सार्वजनिक भएको छैन ।
प्रतिक्रिया