काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
आयोगले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेसँगै नेताहरू त्यहाँ पुगेका हुन् ।
छलफलमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल पुगिसकेका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग गर्ने भन्ने बारेमा धारणा बुझ्न शीर्ष नेतासँग छलफल गर्न लागेको हो।
प्रतिक्रिया