काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।
यसअघि सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण बुधबारका लागि सारिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सरकारले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाएको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गरेका छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।
प्रतिक्रिया