एनआरएनए अध्यक्ष डा. शर्मा पोल्याण्ड जाने

  नेपाली सन्देश डट कम | ३ मंसिर २०८३, बुधबार ०७:१२

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा आगामी नोभेम्बर २६, २०२६, बिहीबार पोल्याण्डको राजधानी वार्सामा नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अनुसार उक्त कार्यक्रम साँझ ५:३० बजे वार्सास्थित Twarda 51/55, 00-818 Warszawa मा सञ्चालन हुनेछ।

कार्यक्रममा पोल्याण्डमा बसोबास गर्दै आएका नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। भेटघाटका क्रममा आपसी परिचय, अनुभव आदानप्रदान तथा पोल्याण्डमा रहेका नेपाली समुदायका विविध विषयमा विचारविमर्श गरिने जनाइएको छ।

संघले पोल्याण्डमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, गैरआवासीय नेपाली संघ पोल्याण्डका पञ्जीकृत सदस्यहरू तथा नेपाली समुदायसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रममा पोल्याण्डवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम विवरण:

मिति: २६ नोभेम्बर २०२६, बिहीबार

समय: साँझ ५:३० बजे

स्थान: Twarda 51/55, 00-818 Warszawa, Poland

कार्यक्रम: एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासँग भेटघाट तथा अन्तरक्रिया

प्रतिक्रिया

Selected poll is not defined.