तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापा

  नेपाली सन्देश डट कम | २३ कार्तिक २०८३, आईतवार २१:५६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

तिहार र दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा सभापति थापाले दियोको उज्यालोले अन्धकार हटाएझैँ नेपाली समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, यस पर्वले आपसी सद्भाव, एकता र पारस्परिक विश्वासलाई अझ बलियो बनाउन प्रेरणा दिने उनको भनाइ छ।

अन्तमा, सभापति थापाले तिहार पर्वले सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्दै कामना गरेका छन्। उनले प्रत्येक नेपालीको घरमा खुसी, मनमा आशा र साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस् भन्दै सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Selected poll is not defined.