बालेनको तीन दिने अल्टिमेट,गलत कुरा नसच्चिए भारतीय फिल्म चल्न नदिने

  नेपाली सन्देश डट कम | ३२ जेष्ठ २०८०, बिहीबार १७:४६

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भारतीय चलचित्रमा नेपाली चेली जानकीका बारेमा राखिएको झुटो कुरा नसच्चिए काठमाडौँ महानगरभित्रका कुनै पनि हलमा उक्त चलचित्र चल्न नदिने घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत मेयर शाहले यस्तो घोषणा गरेका हुन ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द प्रयोग भएको भन्दै प्रमुख शाहले आपत्ति जनाएका छन । प्रमुख शाहले उक्त चलचित्रको आपत्तिजनक शब्द हटाउनका लागि तीन दिनको अल्टिमेटमै दिएका छन ।

उनले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?