कामको परिणाम दिन नसके पदमा बस्दैनौं: रवि लामिछाने

  नेपाली सन्देश डट कम | १८ आश्विन २०८३, आईतवार २२:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनको बाटो रोज्न नहुने भन्दै निर्वाचनबाटै सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कुनै एउटा राजनीतिक दलको मात्र नभएको भन्दै उनले लोकतन्त्र संकटमा परे नेपाली जनताले नै त्यसको रक्षा गर्ने दाबी गरे।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रको नाममा कुनै दलले आफूलाई यसको एकमात्र संरक्षकका रूपमा प्रस्तुत गर्न नहुने बताए।

‘लोकतन्त्रको यति धेरै दोहाई पनि नदिनुस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन् उनले भने।

उनले लोकतन्त्रका विधि, मूल्य र मान्यतालाई कमजोर पार्ने गतिविधिले भने सरकार र देशलाई नै संकटतर्फ लैजान सक्ने चेतावनी दिए। पछिल्लो समय आन्दोलनमार्फत सरकार ढाल्ने चर्चा भइरहेको भन्दै लामिछानेले त्यसतर्फ नजान राजनीतिक दलहरूलाई आग्रह गरे।

आन्दोलनबाट सरकार ढाल्नेतर्फ अब नलागौँ। अब चुनावबाट मात्रै सरकार फेरौँ ।

प्रतिक्रिया

Selected poll is not defined.