प्रधानमन्त्रीको कटाक्ष : खुलामञ्च राम्रो बनेपछि नयाँ पार्टीलाई गाली गर्ने मौका मिल्यो

  नेपाली सन्देश डट कम | १८ आश्विन २०८३, आईतवार २२:४१

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाले आफूमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत जवाफी व्यङ्ग्य प्रहार गरेका छन् ।

कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै प्रधानमन्त्री शाहले आफूले सुधार गरेको खुलामञ्चमै उभिएर आफूलाई गाली गर्ने अवसर मिलेको भन्दै कटाक्ष गरेका हुन् । आइतबार खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्री संसद्‍मा उपस्थित नहुने गरेको बताएका थिए ।

उनले भन्दै संसद् खुला छैन, संसभित्र पनि खुलामञ्च चाहिएको छ भनी प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

जवाफमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्धन्न खुला मञ्च राम्रो बनाइएछ,नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !

कांग्रेस सभापति थापाको अभिव्यक्तिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले काठमाडौं महानगरको नेतृत्वमा रहँदा व्यवस्थित गरिएको खुलामञ्चको प्रसङ्ग जोडेर राजनीतिक जवाफ फर्काएका हुन् ।

प्रतिक्रिया

Selected poll is not defined.