समाचार प्रभाव:कालिका आधारभुत विद्यालयका ३६ जना विद्यार्थीलाई स्टेशनरी सहयोग

  नेपाली सन्देश डट कम | ३२ जेष्ठ २०८०, बिहीबार १६:३६

धादिङको गल्छी गाउँपालिका वडा नं.५ सिरुवानीमा रहेको कालिका आधारभुत विद्यालयका आमा गुमाएका बाबु नभएका गरिब तथा दलित ३६ जना विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरिएको छ ।

अभिभावक गुमाएर अति कष्ट अवस्थामा विद्यालयमा अध्यायन गरिरहेका १२ जना सहित ३६ जना विद्यार्थीलाई आधा दर्जनका दरले कापी, २/२ ओटा कलम वितरण गरिएको विद्यालयमा प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो ।

इन्सेक अनलाइनमा विद्यार्थीको अवस्था झल्कने गरि “आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता” शिर्षमा ०७९ माघ ३ गते समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन पछि हाइवे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव भण्डारीले बालबालिकालाई नयाँ शैक्षिक सत्रको सुरुमा सहयोग गर्ने बताउनुभएको थियो। सोही बमोजिम सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत स्टेशनरी सहयोग गरेको भण्डारीले जानकारी दिनुभयो ।

गल्छीमा रहेको कालिका आधारभुत विद्यालयमा दलित जनजातीका विद्यार्थी अध्ययन गर्छन जसले विद्यालय पोशाक समेत लगाउन पाएका छैनन् । गरिबीका कारण आधा जसो विद्यार्थी भोकै विद्यालय आउन बाध्य छन् ।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?