हातमुख जोर्नका लागि गाँजा बोकेर जेल परेकालाई जेलमुक्त गर्न सांसद महेश बर्तौलाको माग

  नेपाली सन्देश डट कम | २७ जेष्ठ २०८०, शनिबार ०१:४२

मकवानपुर क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका छन् ।

‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस्– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’, शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ।गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?