एक सय १० जनाको नि:शुल्क मुटु परिक्षण

  नेपाली सन्देश डट कम | ९ बैशाख २०८०, शनिबार १४:३३

सिताराम अधिकारी
धादिङबेशीमा शनिबार भएकाे नि:शुल्क मुटु परिक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।
मुटुकाे समस्या भाेगिरहेका, र मुटु सम्बन्धि समस्याहरु देखा परेका विरामीहरुका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे विशेषज्ञ टाेलीले एकदिने शिविर संचालन गरेकाे हाे ।
धादिङ अस्पतालकाे सहकार्यमा संचालन गरिएकाे शिविरमा ७५ जनाकाे ईकाे र ९० जनाकाे ईसिजि गरिएकाे थियाे ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रबिन्द्र सिंखडाकाे नेतृत्वमा शिविर संचालन भएकाे धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनुभयाे ।
हरेक महिनाकाे पहिलाे र तेस्रो शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे सहयाेगमा धादिङ अस्पतालमा मुटु परिक्षण हुने छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?