नयाँ गीति एल्बम ‘आरम्भ’ सार्वजनिक

  नेपाली सन्देश डट कम | २८ बैशाख २०८३, सोमबार ०९:०६

काठमाडौँ । गीतकार रामेश्वर केसीका शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराईको एकल स्वर र संगीत रहेको पाँच विविध गीतको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ ।

शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो।

वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर केसीका शब्द र बबिना भट्टराईको गायन तथा संगीतको प्रशंसा गरेका थिए। बबिना लामो समयदेखि गायिका र संगीतकारका रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छिन्।

उनले आधुनिक, गजल, भजन, लोक र बालगित गरेर थुप्रै गीतमा संगीत र स्वर दिएकी छन्। कार्यक्रममा एल्बममा समावेश तीन म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो। ‘आरम्भ’ एल्बममा समावेश पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराई यूट्यूब च्यानलमा हेर्न सकिने छ।

प्रतिक्रिया

Selected poll is not defined.