गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डाेल भञ्ज्याङ् मावि प्रथम

  नेपाली सन्देश डट कम | १ फाल्गुन २०७९, सोमबार १५:३१

धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ स्वर्ण, ९ रजत र ४ कास्य पदक सहित डोलभञ्ज्याङ माध्यामिक विद्यालय प्रथम भएको छ।माघ २७ गतेदेखि २९ गतेसम्म गलौंदी खेल मैदानमा भएको प्रतियोगितामा गजुरी गाउँपालिकाका १२ वटा माध्यामिक विद्यालयहरुले सहभागी रहेका थिय।

प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कास्य सहित आदर्श माध्यामिक विद्यालय दोस्रो र ४ स्वर्ण, १ रजत सहित किराञ्चोक कटुञ्जे माध्यामिक विद्यालय तृतिय भएको छ।भने महेन्द्रोदय मावि ३ स्वर्ण २ रजत र ३ कास्य सहित चौंथो, गजुरी पिडा माविले २ स्वर्ण ५ रजत र ३ कास्य सहित पाँचौ, किराञ्चोक मावि १ स्वण, ३ रजत र ३ कास्य सहित छैटौं र मुनाल एकेडेमी १ स्वर्ण २ रजत र २ कास्य सहित सातौं बन्यो ।प्रतियोगितामा भाग लिएका ३ विद्यालयहरु भानुभक्त मावि, थुम्की डाँडा मावि स्वर्ण पदक विहिन बने भने जगदम्बा बोर्डिङ स्कुलले कुनै पनि पदक जित्न सकेन।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?