ट्रमा सेन्टर र वीर अस्पतालको टसलका कारण धादिङको ठाकुर न्यौपानेको मृत्यु !

  नेपाली सन्देश डट कम | १२ पुष २०७९, मंगलवार ०७:३२

काठमाडौं । राजधानीको रत्नपार्कस्थित राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनामा परेका विरामीहरुलाई ल्याइने गर्दछ । विशेषगरि हाडजोर्नी सम्बन्धी समस्या परेका विरामीहरुको उपचार हुने ट्रमा सेन्टर राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान मातहत नै पर्दछ।सोही प्रतिष्ठानले वीर अस्पताललाई पनि चलाउँछ । तर, वीर अस्पताल र ट्रमा सेन्टरको समन्वय नहुँदा एक विरामीको ज्यान गएको छ ।

पृथ्वीराजमार्ग स्थित धादिङको गजुरीस्थित चालिसेमा गाडीको ठक्करबाट गम्भिर विरामी परेका ठाकुर न्यौपानेको चिकित्सकले बेवास्था गर्दा निधन भएको परिवारजनले बताएका छन् । आइतबार दुर्घटनामा परेपछि उनलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । दुर्घटनाका कारण पीसाबनली ब्लक भएपछि सो सम्बन्धी विज्ञ डाक्टरलाई उपलब्ध गराइदिन ट्रमा सेन्टरका प्रशासन समक्ष परिवारका आफन्तले अनुरोध गरेका थिए ।

उनीहरुले वीर अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई समेत खबर गरेका थिए । तर, मंगलबार विहानसम्म पनि विरामीलाई ट्रमा सेन्टरको ईमरजेन्सीमा राखियो । कुनै पनि विशेषज्ञ डाक्टरले हेरचाह गरेनन् । ‘ट्रमा सेन्टरमा छट्पटाइरहेका विरामीलाई वीर अस्पतालका डाक्टरले नहेर्दा रहेछन् । हामीले सबैलाई हारगुहार गर्यौँ । तर, कुनै विशेषज्ञ डाक्टर उपलब्ध भएनन्,’ विरामीका आफन्तले भने,‘अन्तिममा डाक्टरले नै हेर्न नपाई विरामीको निधन भयो।दियो पाेष्टबाट

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?