धादिङ १ काे प्रदेशसभा १ मा नेपाली काँग्रेसका श्रेष्ठ विजयी

  नेपाली सन्देश डट कम | ७ मंसिर २०७९, बुधबार १०:२५

धादिङ, । धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका मदुकुमार श्रेष्ठ १ हजार २ सय ९४ मतान्तरले विजयी भएका छन् ।
श्रेष्ठले १७ हजार ८ सय ३२ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभएकाे छ  ।
यस्तै एमलेले टिकट नदिएपछि रुष्ट बनेर उम्मेदवारी दिएका नेत्र पौलेलको चिम चिन्हले ४ हजार ६ सय ८८, हलो १ हजार ८ सय ५३ र भाले चिन्हले ८ सय ५१ मत यो प्रदेशमा ल्याएको छ ।
७३ हजार १ सय ५७ मतदाता रहेकाे यस प्रदेशमा  ४४ हजार ६ सय १२ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?