धादिङ,
नेकपा एमालेका सूर्य ध्वजाबहाक उम्मेदवारहरु सहितको निवाचन प्रचार प्रसारको गति तिब्र भएको छ ।
धादिङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य का लागि एमालेका उम्मेदवार भूमि त्रिपाठी, प्रदेस भा सदस्य उम्मेदवार रमेश आचार्यर गजेन्द्र थपलियाको सहभागितामा धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा जनप्रदर्शन समेत गर्दै मतदाताहरुलाई विभिन्न बजारहरुमा सम्बोधन गर्नुभएको थियो ।
प्रतिनिधि सभाका उम्मेदवार त्रिपाठीले प्रत्येक गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने सडक कालो पत्र गर्नका लागि रकम विनियोजन गर्न प्रयत्न गर्ने, झोलुङगे पुल आवश्यक ठाउँमा निर्माण गर्ने, प्रत्येक वडामा रहेको स्थानीय सडक ग्राभेल गर्ने तथा ती सडकहरुमा स्थायी प्रकारको ड्रेनको विकास गर्न वजेट विनियोजन गर्न पहल गर्ने, आवश्यक ठाउँमा पक्कि पुलको व्यवस्था गर्न वजेट विनियोजन गराइने, पालिकाको प्रत्येक वडाको पायक पर्ने ठाउँमा सामुदायिक भवन बनाइने, धार्के, रामकोट,काठमाण्डौ, बैकल्पिक मार्गकोे पिच गर्ने कार्यको थालनी गरिने बताउनुभयो ।
भिमढुंगा, लामिडााडा तथा गल्छी सहडकलाइ पर्यटकिय मार्गको रुपमा विकास गरिने, बेनिदोभान, परेवाटार गल्छी पक्कि सडक आदी महत्वपूर्ण योजना ल्याएने उहाँको भनाइ छ ।
रार्जमार्गमा ट्रमा सेन्टर निर्माणको काम सुरु गर्ने र जनतालाई आफ्नै क्षेत्रमा विषेशज्ञ स्वस्थ्य सेवा उपलब्ध गराइने प्रतिवद्धता त्रिपाठीको छ।
प्रत्येक गाउँपालिकामा डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिने, पालिका स्तरमा स्नातकतहसम्मको कलेज निर्माण, प्रत्येक पालिकामा आर्युवेद तथा योग केन्द्र स्थापना माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला आदी गर्ने भएकोले नागरिकलाई मत दिन आग्रह गर्नुभयो । एकघर एक धारा, पर्यटकीय क्षेत्र प्रवर्धन, उत्पादनको आधारमा कृषि प्रवर्धन र अनुदानको व्यवस्था एमालेले मात्र गर्नसकिने भएकोले जनताले एमालेको सूर्य चिन्ह रोज्ने दावी छ ।
एमालेको ड्रिम परियोजनाको रुपमा समानान्तर राजमार्ग रहेकोले विकासको फड्को मार्नका लागि पनि आवस्यक रहेको छ । महाभारत क्षेत्र भएरचितवन निस्कने पदमार्गको महाभारत क्षेत्रमा बसोबास गर्नेको आर्थिक स्तरसुधारका लागि काम गर्छ । आफूलेल्याएको योजनाहरु सम्पन्न गर्नका लागि आफूलाई मत दिन आग्रह गर्नुभयो । औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको बैधताका लागि कानून निर्माण गरि सुरक्षित उत्पादनका लागि कार्यक्रम ल्याइने त्रिपाठीको मूख्य कार्यक्रम रहेको छ ।
प्रतिक्रिया