मतदाताको घरघरमा भूमि त्रिपाठी बुढी गण्डकी जलविद्युत निर्माण एमालेले गर्छ :

  नेपाली सन्देश डट कम | २७ कार्तिक २०७९, आईतवार २३:५४

सिद्धलेक÷ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार भूमि त्रिपाठी गाउँ गाउँ मत माग्दै घरघरमा पुगनु भएको छ ।
सिद्धलेकको मगर बाहुल्य रहेको वडा नम्बर ३ र ४ को घरघरमा वृद्धहरु, युवाहरु र खेतबारीमा काम गरिरहेका मतदाताहरु भेटेर मत माग्नु भएको छ।
खासगरिबुढी गण्डकी जलविद्युत परियोजना निर्माणमा लाग्ने, एक घरएक धाराका लागि योजनाहरु ल्याउन आफू पहल गरेर लाग्ने, शुशासन र विकासका विषयमा आफू प्रतिवद्ध भएको एमाले उम्मेदवार त्रिपाठीले बताउनुभएको छ ।
घरघर र टोलटोलमा पुगनु भएका मतदाताहरुले सिद्धलेकको विकासका लागि निरन्तर लाग्न आग्रह गर्नुभएको छ।
प्रदेश सभाका उम्मेदवार इन्जीनियर गजेन्द्र थपलिया शोकमा परेको भएपनि मतदाताले गाउँको विकासको भिजन भएको नेता आएका छन् । आगामी दिनमा विकासको सपना साकार पार्न गाउँ आएर काम गर्न नागरिकहरुको अपेक्षा छ ।
सिद्धलेक गाउँपालिकाको छापथोक, आरुबास, भेडाबारी, मैदान, कमलाबारी, इटपानी, छाप, बसन्त लगायतका स्थानमा मतदातालाई भेट गर्नुभएका त्रिपाठीले मजुवामा समेत किसानहरु मतदातालाई सम्बोधन गर्नुभएको छ। कृषिको विकासका लागि स्पष्ट खाका ल्याएकोले एमालेलाई मत दिन र फुटेर गएका जनताका दुस्मनलाई परास्त गर्न त्रिपाठीको आग्रह छ ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?