जनताको जीवनस्तर उकास्नु एमालेको प्रमुख दायित्व हो ः लोहनी

  नेपाली सन्देश डट कम | २५ कार्तिक २०७९, शुक्रबार ०२:२४

ज्वालामुखी/
नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले जनताको जीवनस्तर उकास्नु एमालेको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
बिहिबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त चुनावी अभियान अन्तरगत ज्वालामुखी गाउँपालिका वडा नं ५ खरिमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले यस्तो बताउनुभएको हो ।
उहाँले आम मतदाताहरू नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आतुर रहेको बताउनुभयो। नेकपा एमालेले शुरु गरेको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले एमालेलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
जनता स्थिर सरकारको पक्षमा रहेको भन्दै उम्मेदवार लोहनी एमालेका लागि नभई देश बनाउनका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ ।
साथै आफ्नो पाँच बर्षे कार्यकालमा धादिङ क्षेत्र नं २ मा बिभिन्न महत्वपुर्ण काम भएको र बाँकी रहेको अधुरा काम आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।
उहाँले बिहिबार ज्वालामुखी २ को चैनपुर, ज्वालामुखी ५ खरिको भद्वार छापथोक, मैदान, धुसेनी लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा राप्रपाकी समानुपातिक उम्मेदवार बिना लामा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले ज्वालामुखी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?