भोटहाल्न सिकाउँदै एमाले कार्यकर्ताहरु

  नेपाली सन्देश डट कम | २३ कार्तिक २०७९, बुधबार १४:५१

प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचन नजिकिएसंगै एमाले स्थानीय कार्यकर्ताहरु जनतालाई भोट हाल्न सिकाउँदै गाउँगाउँ पुगेका छन् ।
गजुरी गाउँपालिका विभिन्न वडामा घरघर पुगेर एमाले कार्यकर्ताहरुले जनतालाई मतदान गर्ने तरिका सिकाइरहेको गजुरी गाउँपालिका नेकपा एमालेका अध्यक्ष माधव भण्डारीले बताउनुभयो ।
बेनिघाटरोराङ गाउँपालिकामा बुधबारबाट मतदातालाइ भोटहाल्ने तरिका सिकाउन थालेका छन् ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ बाट मंगलबार नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छन् ।
पार्टी कार्यकर्ताहरु घरघर पुगेर जनतालाई मत दिने तरिका सिकाउँदै हिडेको ले जनताहरुले खुसी व्यक्त गरेका छन् । नमूनामतपत्र र स्वस्तिक छाप लिएर गाउँपुगेका एमाले कार्यकर्ताहरु खेतबारी र गोठालो गएको ठाउँमै पुगेर मत दिने तरिका सिकाइरहेको र मतदाताहरु खुसी भएको नेकपा एमाले सिद्धलेकका अध्यक्ष कमला शर्माले बताउनुभएको छ ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?