दुर्गमबस्तीको विकास एमालेले मात्र गर्छ ः भुमि त्रिपाठी जबाङमा त्रिपाठीलाई भव्य स्वागत

  नेपाली सन्देश डट कम | २१ कार्तिक २०७९, सोमबार १४:०१

जवाङ ÷ नेकपा एमाले उम्मेदवार गाउँमा पुग्दा गाउँबासीले भव्य स्वागत गरेका छन् ।
दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका स्थित जबाङ पुग्नु भएका एमाले प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठीलाई गाउँबासीले फूलमालाले स्वागत गरेका हुन् ।
मतदाता भेटघाटमा पुग्नु भएका त्रिपाठीसहित एमाले नेताहरुलाई गाउँबासीले फुलको माला बनाएर घरघरबाट ल्याएरस्वागत गरेका थिए ।
एमाले नेताहरुलाई गाउँबासी आफैँ मादल समेत घरबाट ल्याएर स्थानीय भाकामा गित गाएर समेत गरेका थिए। गाउँको विकास पहिले पनि एमालेले गर्न सुरु गरेकोले अबको दिनमा समेत एमालेले विकास गर्नका लागि माग समेत गरेका छन् ।
धादिङ क्षेत्र नं १ को नेकपा एमालेका संघिय सांसद उम्मेदवार भुमि त्रिपाठीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
सोमबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.१० जवाङमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभयो ।
धादिङको समग्र विकासका लागि योजना बनाएर अघि बढेको भन्दै उहाँले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो ।सत्ता गठबन्धनले अहिलेसम्म राम्रो काम गर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने भएकाले एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।
दुर्गम बस्तीको विकास गर्न एमालेनै चाहिने भन्दै उम्मेदवार त्रिपाठीले चेपाङहरुको जिवनस्तर उकास्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धादिङको टोलटोलमा एमाले पुगिसकेको छ,नागरिकको माग बमोजिम विकासका काम गर्दै आएको छ ।’ गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनुभयो । साथै समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा ३ सय भन्दा बढि सहभागी जवाङबासीले महिला भवन बनाउनको लागि सहयोग गर्न र जितेपछी गाउँमा आउन आग्रह गरेका छन् । गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई भव्य स्वागत गरिएको थियो। उहाँले आज सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को बिशालटार, वडा नं ३ को ओरवाङ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभा सदस्य उम्मेदवार भूमि त्रिपाठी बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ को टोलबस्तीमा मतदातासंग भेटघाटमा हुनुहुन्छ ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?