ज्वालामूखिमा अनेमसंघले सबै वडामा महिला भेला गर्ने

  नेपाली सन्देश डट कम | १५ कार्तिक २०७९, मंगलवार ०१:२१

ज्वालामूखी/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दैएमालेको पक्षमा जनमत बटुल्न अनेमसंघ ज्वालामूखी गाउँ कमिटिलेसबै वडामा महिलाहरुको भेला गर्ने भएको छ।
अनेमसंघ ज्वालामूखीले सोमबार चैनपुरमा आयोजना गरेको बैठकले कात्तिक २० देखि २५ गतेसम्म महिलाहरुको भेला गरि महिला मैत्री नेकपा एमालेकोपक्षमा लाग्न महिला मतदाताहरुलाई उत्प्रेरित गर्ने भएको छ।
नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडा, नेकपा एमाले धादिङ उपसचिव एवं अनेमसंघ इन्चार्ज राधिका सापकोटा लगायतले महिलाहरुको बैठकलाई सम्बोधन गर्नुभयो ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?