उज्यालो गाउँलाई उज्यालो बनाउने प्रतिवद्धता

  नेपाली सन्देश डट कम | १४ कार्तिक २०७९, सोमबार ०६:४२

गजुरी/
नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठी र प्रदेशसभा उम्मेदवार गजेन्द्र थालियाले गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गाउँलाई उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मतदाता भेटघाट कार्यक्रममा उज्यालो गाउँपुगेका एमाले उम्मेदवारहरुले विकास र आर्थिक समृद्धिका लागि एमालेलेले मात्र गर्न सक्ने बताउनु भएको छ ।
आधारभुत अधिकारहरुबाट वञ्चित भएको उज्यालो गाउँ दलित समूदायको बाहुल्य रहेको बस्ती हो । २०४३ देखि मत दिएर पठाएका जनप्रतिनिधिले गाउँको विकास आर्थिक समृद्धिका लागि खासैकामनगरेका कारण दलहरुप्रति निरास भएका गाउँबासीहरु युवा उम्मेदवार र इन्जीनियर समेत रहेका उम्मेदवारहरु गाउँ आएर विकासबारे बताएपछि गाउँबासीहरुले प्रतिवद्धता खोजेका थिए ।
नेकपा एमाले उम्मेदवारहरुदले विकासका लागि एमालेले मात्र गर्न सक्ने भएकोले मत दिएर जिताउन आग्रह गर्नुभयो ।
नेकपा एमालेले आइतबार गजुरी गाउँपालिका वडा नम्बर १, ३ र ६ वडामा मतदाता भेटघाट कायृक्रम गरेको छ ।
मतदाता भेटघाटमा नेकपा एमालेले गरेका विकासका योजनाहरुलाई पुरा गर्न एमालेलाई नै भोट दिन उम्मेदवारहरुले आग्रह गर्नुभएको छ ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?