राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डि.पि अर्याल धादिङ आउदै:निर्वाचन बिशेष छलफल हुने

  नेपाली सन्देश डट कम | २८ आश्विन २०७९, शुक्रबार ०२:२४

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले आज शुक्रबार निर्वाचन बिशेष छलफलको लागि १२ बजे बैठक बस्ने बताएको छ।छलफलको लागि उपसभापति डि.पि अर्याल धादिङ आउदै।

उपसभापति डि.पि.अर्याल, केन्द्रिय सदस्य उपेन्द्र पाण्डे, समानुपातिक उम्मेदवार कल्पना रोक्का, कृष्ण कुमार श्रेष्ठ, प्रत्यक्ष तर्फका उम्मेदवारहरु हिमेश पन्त र बसुमायाँ तामाङको उपस्थितिमा हुने उक्त बैठकमा पार्टीका क्रियाशिल कार्यकर्ता र शुभचिन्तकहरुलाई समेत निमन्त्रण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर धादिङ क्षेत्र नं. १ को प्रतिनीधि सभा सदस्यका लागि हिमेश पन्तले एमालेका भुमि त्रिपाठी र सत्ता गठबन्धनका राजेन्द्र पाण्डे सँग प्रतिस्पर्धा गर्दै छन् भने धादिङ क्षेत्र नं. २ को प्रतिनीधि सभा सदस्यका लागि बसुमायाँ तामाङले एमालेका खेम लोहनी गठबन्धनका रामनाथ अधिकारी सँग प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?