स्वच्छ चुनावकाे पक्षमा एमाले : त्रिपाठी

  नेपाली सन्देश डट कम | १४ आश्विन २०७९, शुक्रबार ०८:०७

धादिङ /
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले एमाले स्वतन्त्र र निश्पक्ष चुनावकाे पक्षमा रहेकाेे बताउनुभएकाे छ ।
शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले अायाेजना गरेकाे शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै एमाले जिल्ला अध्यक्ष त्रिपाठीले एमालेकाे पक्षमा भएका मतदाताले स्वतन्त्र रुपले मतदान गर्न पाउने वातावरण भएमाले मात्र पनि विजय हासिल गर्न सक्ने बताउनुभयाे ।
कुनैपनि कर्मचारी माथि अन्याय भएकाे एमालेले सहेर नबस्ने र त्यसकाे उचित जवाफ दिने एमाले अध्यक्ष त्रिपाठीको भनाइ छ ।
स्थानिय तह निर्वाचनमा बाकसमा हालिएकाे मत समेत गणना गर्दा गढबढ गरेका कारण एमालेले हार व्यहाेरेकाेले अब यस किसिमको धादली हुनबाट राेक्ने बताउनुभयाे ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे नेकपा एमाले केन्द्रीय सदस्य खेमलाेहनीकाे प्रमुख अातिथ्यमा भएकाे थियाे । कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव राधिका सापकाेटा, नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष कृष्णलाल उप्रेती लगायतले दशै, तिहार, छट, नेपाल सम्वत लगायतकाे चाडपर्वकाे शुभकामना व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?