जनसम्पर्क समिति जर्मनीमा भाडभैलो, महामन्त्रीद्वारा राजिनामा

  नेपाली सन्देश डट कम | १५ आश्विन २०८२, बुधबार ०१:२७

बर्लिन । नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति विभिन्न देशमा अव्यवस्थित हुँदै जाँदा आन्तरिक विद्रोह चुलिँदै गएको छ । लामो समयदेखि अधिवेशन नहुनु, क्रियाशील सदस्यता वितरणमा अन्योल, र नेताहरूप्रतिको असन्तुष्टिले विदेशस्थित जनसम्पर्क समितिहरूमाथि प्रश्न उठ्न थालेका छन् ।

कयौँ देशमा वर्षौँदेखि महाधिवेशन हुन सकेको छैन । यस्तै परिस्थितिमा नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री सिजन दाहालले राजीनामा दिएका छन् ।

दाहालले सेप्टेम्बर ११ मा सभापति शिखर खड्कालाई बुझाएको राजीनामा पत्र गुपचुप राखिएको खुलेको छ । नेपालीसन्देश डटकमलाई प्राप्त उक्त पत्रमा उनले सभापतिको पछिल्लो गतिविधिसँग असहमति जनाउँदै महामन्त्री परित्याग गरेको उल्लेख छ ।

समितिहरूबीचको विवाद समाधानमा नेपाली कांग्रेस नेतृत्वले चासो नदेखाउँदा हाल एक दर्जनभन्दा बढी मुलुकका जनसम्पर्क समितिमा विवाद चर्किएको बताइन्छ ।

प्रतिक्रिया

Loading poll ...