धादिङका ३४ दलित जनप्रतिनिधि सम्मानित

  नेपाली सन्देश डट कम | ४ भाद्र २०७९, शनिबार १३:४९

धादिङ/

नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङले धादिङबाट निर्वाचित ३४ जना दलित जनप्रतिनिधिलाई सम्मान गरेकाे छ ।
नेकपा एमालेबाट निर्वाचित दलित जनप्रतिनिधीहरुलाई शनिबार मुक्ति समाजकाे बैठक तथा प्रशिक्षणकाे अबसरमा सम्मान गरेकाे हाे ।
“जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न, राष्ट्रिय निती निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधिको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाजले संचालन गरेकाे प्रशिक्षणकाे अबसरमा दलित जनप्रतिनिधिहरुलाई जनताकाे काममा लाग्न अाग्रह गरेकाे छ ।
नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटि धादिङका अध्यक्ष दिलबहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुक्ती समाजको केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले बागमती प्रदेश कमिटिको सदस्य कुमार वि.कको प्रमुख आतिथ्य रहेको थियो । नेकपा एमालेको भावी रणनिति, चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा नेकपा एमालेका जिल्ला तहका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको मुक्ती समाज धादिङका सचिव एवं नेकपा एमाले धादिङको लेखा आयोगका सदस्य जितबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?