किराञ्चोक माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा राजकुमार ढुङ्गाना

  नेपाली सन्देश डट कम | २ भाद्र २०७९, बिहीबार १५:३९

गजुरी/धादिङ
धादिङ जिल्लाको दक्षिणी भेग अन्तर्गत पर्ने साविक किराञ्चोक गाविसको शैक्षिक धराेहरको रुपमा रहेको किराञ्चोक माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा राजकुमार ढुङ्गाना चयन भएका छन् ।ढुङ्गाना गजुरी गाउँपालिका वडा नं. ८ का पूर्व अध्यक्ष पनि हुन्।

बिहिवार भएको अभिभावकको भेलाले आगामी कार्यकालको लागी विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् । समितीको सदस्यहरुमा गोपाल तामाङ ,दिनेश लोप्चन, ज्योति खड्का, नबराज बस्नेत, बाबरी बराल, रामकाजी अधिकारी रहेका छन् । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष देवराज ओझा, गाउँपालिकाको शिक्षा शाखा प्रमुख भिमसेन विष्ट, लगायतको उपस्थिति रहेको अध्यक्ष राजकुमार ढुङ्गानाले बताउनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?