गल्छी/धादिङ
विकास बजेटलाई स्मार्ट पालिका बनाउनेहो भने संविधानविद तथा प्रशासनिक विज्ञ काशिराज दहालको तर्क फरक किसिमको तर्क छ ।
स्थानीय सरकार लोकतन्त्रको मेरुदण्ड भएकोले विकास बजेटलाई वडागत रुपमा भाग लगाएर दामासाहीले पठाउनु हुँदेन । यसलाई योजना बनाएरयोजनागत रुपमा बजेट पठाउनु पर्ने दहालको तर्क छ ।
पालिकाले योजना बैँक बनाएर विकासका कामहरुसंचालन गर्न सुभाव दिँदै संविधानविद् दहालले
धादिङको थाक्रे गाउँपालिकाका न्यायिक समिति तथा जनप्रतिनिधिहरुलाई स्थानीय न्याियक सम्पादन सम्बन्धी तालिमको सहजिकरण गर्दै संविधानविद् दहालले दामासाहीले वडा तहमा जनताको जिवनस्तरउकास्ने योजना बनाउनु पर्ने बताउनुभयो । शिक्षा, खानेपानी, सडक, सरसफाइ, संचार, कृषि, रोजगारी, वातावरण शुशासनका क्षेत्रमा लगानी गनुृपर्ने संविधानविद दहालको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले चुनाव जितिन्छ भनेर गलत काम नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दै पुर्वाधार विकास भनेर सडक खन्ने मात्र काम नगर्न र सबै किसिमको विकासमा जोड दिन आग्रह गर्नुभयो ।
ब्रेड फर द ओल्र्डको आर्थिक सहयोगमा संस्थागत विकास संजालद्वारा सिर्डस धादिङले बैरेनीमा संचालन गरेको न्यायिक समिति, वडा अध्यक्ष र वडा सचिवहरु सहभागि तालिममाको अबसरमा जनप्रतिनिधिहरुले सामुहिक रुपमा प्रतिवद्धता व्यक्र गर्दै विकास योजनालाई गाउँबाट ल्याउर लागु गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया